एकोराव उपत्यका समन्वय समिति गठन


भक्तपुर, २३ गते

काठमाण्डौं उपत्यकामा रहेका सामुदायिक रेडियोहरुको आज भक्तपुरमा भेला भएको छ । सो भेलाले उपत्यका समन्वय समिति एकोराव गठन गरेको छ । उपत्यकामा रहेको ११ वटा सामुदायिक रेडियोहरु मध्ये ९ वटा रेडियोको सहभागितामा भएको भेलाले काठमाण्डौ उपत्यका समन्वय समित गठन गरेको हो ।

एकोराव बागमति समितिका सदस्य एवं भक्तपुरको रेडियो जनसञ्चारका अध्यक्ष एवं स्टेशन म्यानेजर सुरेश सैंजूको संयोजकत्वमा उपत्यका समन्वय समिति गठन गरिएको हो । सहभागि ९ वटा सामुदायिक रेडियो प्रशारकहरुको सर्व सहमतिमा सैंजूलाई संयोजक चयन गरेको हो ।

नवगिठत समन्वय समितिले उपत्यकाका सामुदायिक रेडियोहरुको अवस्थाहरुको अध्ययन गरी भावि योजनाहरुको अवधारण पत्र बनाउने निर्णय गर्नुका साथै उपत्यकाको मौलिक भाषा संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने उदेश्यले नेपाल भाषाका कार्यक्रमहरु सञ्चालन गर्ने गरी सामूदायिक सूचना नेटर्वकसँग समन्वय गर्ने निर्णय गरेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope