कञ्चनपुरमा हाँगाले लागेर एक जनाको मृत्यु


काठमाडौं, २३ वैशाख

रुखबाट खसेको हाँगाले लाग्दा कञ्चनपुरमा आज एक जनाको मृत्यु भएको छ । बैजनाथ सामुदायिक वनमा दाउरा खोज्न गएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का ४५ वर्षीय अनिल डगौराको ज्यान गएको प्रहरीको भनाइ छ ।

रूखको हाँगा खसेर डगौराको टाउकोमा चोट लागेको थियो । उपचारका लागि महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले डगौरालाई मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope