प्रकाशलाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड


काठमाडौं, २३ बैशाख । राजधानीमा सम्पन्न तेह«ौं संस्करणको ‘रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९’ संगीतकरा तथा संगीत प्रशिक्षक प्रकाश गुरुङलाई एक लाख राशीको ‘विन्ध्यवासिनी लाइफटाइम अचिभेन्ट अवार्ड २०७९’बाट सम्मान गरिएको छ ।

 

विन्ध्यवासिनी फाउण्डेशनले आयोजना गरेको अवार्डमा नेपाली गीत संगीतमा अमूल्य योगदान पु¥याएवापत संगीतकार तथा संगीत प्रशिक्षक गुरुङलाई सो सम्मान प्रदान गरिएको हो ।

 

अवार्डमा ५० हजार रुपियाँसहित गायिका सुकमित गुरूङलाई ‘विन्ध्यबासिनी संगीत साधना सम्मान २०७९’, लोकगायक झलकमान गन्धर्वको सम्मानमा स्थापित २५ हजार रुपैंयाँ राशीको ‘झलकमान लोक संगीत सम्मान २०७९’बाट गायक बद्री पङ्गेनीलाई सम्मान गरियो ।

 

कार्यक्रममा गायक पंगेनीले आफुलाई शब्दरुपी सम्मान र माया काफी हुने भन्दै सम्मानवापत प्राप्त २५ हजार रुपियाँ विन्ध्यवासिनी फाउन्डेसनलाई हस्तान्तरण गरेका थिए । मुक्तिनाथ बिकास बैंक लिमिटेडको प्रस्तुतिमा भएको कार्यक्रममा गायक स्व. प्रेमध्वज प्रधानको नाममा स्थापित ‘प्रेमध्वज संगीत रत्न सम्मान २०७९’ बाट गायक तथा संगीतकार भबिन ढुङ्गाना र यस वर्षको ‘विन्ध्यबासिनी कला पत्रकारिता सम्मान २०७९’ नगद २५ हजार रुपियाँसहित नरेश भट्टराईलाई प्रदान गरियो ।

 

कार्यक्रममा विभिन्न २१ बिधामा अवार्ड प्रदान गरिएको थियो । गिती संग्रह ‘नजर ३’ विमोचन गरिएको कार्यक्रममा ‘नजर २’को सम्पुर्ण आम्दानी झुम्लावाङ्ग भिलेज फाउण्डेसनलाई हस्तान्तरण गरिएको थियो । विन्ध्यवासिनी फाउन्डेसनले यसअघि ‘नजर’ गिती संग्रहबाट संकलित सम्पुर्ण आम्दानी ८ लाख १८ हजार २ सय ५० रुपैंयाँ दुई किस्ता गरी सोही संस्थालाई हस्तान्तरण गरेको फाउन्डेसनकी अध्यक्ष लीना शर्मा रेग्मीले बताइन् ।

यी हुन् अवार्ड विजेताः

सर्बोत्कृष्ट गीत– छुटेपछि त छुट्यो (दिपीका रिमाल थापा)

सर्बोत्कृष्ट गायन पुरुष (सुगम संगीत)¬– रुपक डोटेल (तिमी बिना)

सर्बोत्कृष्ट गायन महिला (सुगम संगीत)– जुनु रिजाल (न दोष तिम्रो न दोष मेरो)

सर्बोत्कृष्ट संगीत (सुगम संगीत)¬– इश्वर अमात्य (अघि बढे भेल बाढी)

सर्बोत्कृष्ट रचना (सुगम संगीत)– बि पाण्डे (झुम्के बुलाकी)

सर्बोत्कृष्ट महिला गीतकार (सुगम संगीत)– प्रभा बर्तौला (एउटा कथा)

सर्बोत्कृष्ट पप गायन पुरुष– संजीब सिंह (आधा रातमा)

सर्बोत्कृष्ट युगल गायन–हिमाल सागर र अनु चौधरी (ए होर माया)

सर्बोत्कृष्ट एरेन्जर–साहस शाक्य (साथले तिम्रो)

सर्बोत्कृष्ट लोकदोहोरी गायन (पुरुष)– विक्रम परियार (पाखे)

सर्बोत्कृष्ट लोकदोहोरी गायन (महिला)– सुनिता बुढा छेत्री (रुदै रुदै नौतुना रेलैमा)

सर्बोत्कृष्ट म्युजिक भिडियो डिरेक्टर (दोहोरी)– स्मृती तिमल्सीना (मकै पिस्ने जाँतो)

सर्बोत्कृष्ट लोक दोहोरी भाका– सन्तोष केसी (गुल्मेली हुम कर)

 

सर्बोत्कृष्ट मोडल (लोक दोहोरी)¬बना अधिकारी र लोमस शर्मा(बिउरीयो दुई दिने चोला)

सर्बोत्कृष्ट मोडल (आधुनिक)– कुमारी बराइली र बिमल अधिकारी (दिलको डायरीमा)

 

सर्बोत्कृष्ट गीत (लोक दोहोरी)– घनश्याम रिजाल (सुन्य भयो डाँडैको चौर)

 

सर्बोत्कृष्ट म्युजिक भिडियो डिरेक्टर (आधुनिक)– रामजी लामिछाने (एउटा कथा)

 

सर्बोत्कृष्ट राष्ट्रिय भावनाले ओतप्रोत गीत– हाम्रो देशको सिमाना (अर्जुन कौशल)

सर्बोत्कृष्ट भिडियो सम्पादक (एडिटर)– प्रबिण भट्ट (पिर)

सर्बोत्कृष्ट छाँयाकार (क्यामेरापर्सन)– अजय रेग्मी (सरानकोटको डाँडैमा)

बिन्ध्यवासिनी अन्तर्राष्ट्रिय साधक पुरस्कार– कौशिला खनाल कमाचार्य

पब्लीक च्वाईस अवार्डः दिपेन्द्र तिमल्सीना

पपूलर अवार्डः प्रकाश धमला

जूरी अवार्ड म्युजीक भिडियो डिरेक्टरतर्फः काजीश श्रेष्ठ

जूरी अवार्ड गायनतर्फः तेजस रेग्मी

जूरी अवार्ड अभिनयतर्फः बादल धिमिरे

जूरी अवार्ड संगीततर्फः नरहरी प्रेमी

जूरी अवार्ड गीततर्फः कमल सरगम

 

Open photo


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope