लफ्याङमा ‘मावली शिर उभ्याउनी रित बोल्ने प्रतियोगिता’


न्युज कारखाना 

खोटाङ, २३ बैसाख

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा ‘मावली शिर उभ्याउनी रित बोल्ने प्रतियोगिता’ आयोजना गरिएको छ । किरात राई समुदायको मौलिक संस्कार संस्कृतिको हस्तान्तरण एवं पुस्तान्तरण अभियान अन्तरगत प्लम्हँछा वंश परिवारका जनकेम्पा–जनकेम्मा परिवारले विभिन्न शुभकार्यमा मावली शिर उभ्याउनी रित बोल्ने प्रतियोगीता आयोजना गरेको हो ।

दाजुभाई जनक राई र मिरा राईकी छोरी नियमा, पालम राई र रोजिना राईकी छोरी कृष्टिना र छोरा रिजनको गुन्युचोली तथा छेवरको अवसरमा ‘मावली शिर उभ्याउनी रित बोल्ने प्रतियोगिता’ गरिएको हो । 

बिबाह, पास्नी, गुन्युचोली, छेवर जस्ता शुभकार्यमा गरिने मावलीको शिर उभ्याउनी रितमा बोलिने बोली, चाहिने सामग्री र गरिने व्यबहारलाई कार्यक्रमकै रुपमा प्रस्तुत गरेर प्रतियोगीता गराइएको साँस्कृतिक अभियान्ता जनक राईले बताए । ‘मौलिक संस्कार संस्कृतिको संरक्षण सम्बद्र्धन, हस्तान्तरण एवं पुस्तान्तरणमा सहयोग पुगोस् भन्ने उद्धेश्यका साथ मावली शिर उभ्याउनी रित बोल्ने प्रतियोगिता गरिएको हो,’ राईले भने, ‘प्रतियोगितामा सहभागी हुन आउने समुहले आवश्यक तयारी गरेर आउने र निम्तालुहरुको अगाडि नै प्रस्तुत गर्दा त्यसलाई हेरेर, सुनेर अरुले पनि सिक्न र जान्न सक्ने भएकोले प्रतियोगीता नै गरिएको हो ।’ 

रित बोल्ने प्रतियोगीतामा तावाचुङ दुभेका कबिन्द्र राईको टोलीले उत्कृष्ट प्रस्तुति सहित पुरस्कार जितेको छ । विजेतालाई सुँगुरको टाउको प्रदान गरिएको छ । राई समुदायमा मावलीलाई विशेष सम्मानका साथ कोसेली स्वरुप सुँगुरको टाउको दिने गरिन्छ । प्रतियोगीतामा लफ्याङकै खाल्के दाप्सा, माथागाउँ, तिल्केनी र तावाचुङ दुभेका पाँच टोलीको सहभागीता रहेको थियो । जनकेम्पा–जनकेम्मा परिवारमा छोराछोरीको गुन्युचोली र छेवर चलिरहँदा मावली शिर उभ्याउनी रित बोल्ने प्रतियोगिता पनि भइरहेको थियो । प्रतियोगीतामा अग्रज एवं संस्कार संस्कृतिका जानकार रत्न राई र राजेन्द्र राईले निर्णायकको भुमीका निर्वाह गरेका थिए ।

जनक राई र मिरा राईको २०७२ फागुन २६ गते भएको विवाहका बेला पनि विवाहमा छोरी माग्ने क्रममा गरिने कलिया गर्ने र धरान बोल्ने प्रतियोगीता आयोजना गरिएको थियो । जनक हाल किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष छन् । 
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope