सन्दीप लामिछानेको न्यायका लागि माइतीघरमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, १६ जेठ । क्रिकेटर सन्दीप लामिछाने न्यायका लागि युवाहरुले प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघर मण्डलामा मंगलबार भेला भएका युवाहरुले सन्दीपलाई चाँडो न्याय दिन माग गरेका छन् ।
अदालतमा विचाराधीन मुद्दाको किनारा चाँडो लगाउनुपर्ने उनीहरुको माग छ । लगातार पेसी सारिएपछि युवाहरु सडकमा उत्रिएका हुन् ।
यसैबीच सन्दीपविरुद्धको मुद्दाको फैसला मंगलबार पनि हुन सकेन । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासले फैसलाको सुनुवाइ गरेन । उक्त इजलासले पीडितले दायर गरेको अन्तरिम क्षतिपूर्तिसम्बन्धी निवेदनको टुंगो लागेपछिमात्र फैसला सुनुवाइ हुने बताएको हो ।
साथै मुद्दाको अन्तिम किनारा नलागेकाले विश्वकप छनोट अघि दक्षिण अफ्रिकामा हुने अभ्यास खेलमा सन्दीप सहभागी नहुने भएका छन् । उनको लिगल टिमले मुद्दाको किनारा नलागेकाले सन्दीपलाई नपठाउने निर्णय गरेको हो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस