यस्ताे छ आजको बिदेशी मुद्राको विनिमय दर
काठमाडौ, १७ जेष्ठ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०४ पैसा र बिक्री दर १३२ रूपैयाँ ६४ पैसा रहेको छ भने युरो एकको खरिद दर १४१ रूपैयाँ ६९ पैसा र बिक्री दर १४२ रूपैयाँ ३४ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ०६ पैसा र बिक्री दर १६४ रूपैयाँ ८१ पैसा रहेकाे छ भने क्यानेडियन डलर १ को खरिददर ९७.२१ र बिकी दर ९८.६६ रहेको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८६.३९ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.७८ रुपैयाँ र साउथ कोरियन वन १०० को खरिददर १०.१ रुपैयाँ छ भने बिक्री दर ९० रुपैयाँ ५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
उता, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३८ पैसा, साउदी रियाल एकको खरिद दर ३५.२१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३७ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.६९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.८३ रुपैयाँ रहेको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस