महोत्तरीकी एक उपप्रमुख माथी हातपातकाे प्रयास, कार्यकक्षमा कुटिए उपमेयरका श्रीमान


बिशाल बस्नेत/ न्युज कारखाना

महाेतरी, १८ जेठ । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयरलाई कार्यकक्षमा नै आक्रमण प्रयास भएको छ ।

 

गाैशाला वडा न.२ निगौलस्थित निर्माणाधिन धर्मशालाको बिषयमा न्यायिक छलफल भैइरहेको वेला उपमेयर रेणु कुमारी महतोमाथी कार्यकक्षमा नै आक्रमण प्रयास भएको हो  ।

 

धर्मशाला निर्माण भैइरहेको वेला नगरभित्रै रामजानकी कुटीको हेरचाह गर्दै आएका जोगिन्द्र ठाकुरले निजि जग्गा भएको भन्दै दावी गरेपछी न्यायिक समितीकी संयोजक समेत रहेकी उपमेयर महतोले सरोकारवालाहरुलाइ बोलाएर मंगलवार बेलुका छलफललाई अगाडी बढाएकी थिइन । छ्लफल कै क्रममा वडा न.२ का वडा अध्यक्ष श्यामसुन्दर मण्डलले तथानाम गाली गर्दै उपमेयरलाइ नै हातपात प्रयास गरेको आरोप लागेको छ ।

 

`श्यामसुन्दर मण्डलले बिषयवस्तुलाइ बिषयान्तर गरि सुनियोजित ढंगले आक्रमण प्रयास गरे,´ उपमेयर महतोले भनिन । उनका अनुसार उपमेयरका सहयोगी तथा श्रीमान दिपेन्द्र महतोलाई विवाद कै क्रममा अध्यक्ष मण्डलले धक्कामुक्का गर्दा सामान्य घाइते हुन पुगेका छन् । उनकाे हातमा सामान्य चोट लागेको छ भने ज्यान मार्ने धम्की समेत दिएको महतोले जानकारी दिइन् ।

 

अध्यक्ष मण्डलले उपमेयर महतोलाई समेत धम्की दिएको प्रत्यक्षदर्शीले बताए । घटनास्थललाई नजिक रहेका स्थानिय बलराम सापकोटाका अनुसार उपमेयरको कार्यकक्षमा अमर्यादित गाली  बेइज्जतीका काम गरियाे । 

`मैले  सुरुमा त वडा अध्यक्ष हो भन्ने एकिन पनि गरेको थिइन,´ उनले भने,  `अध्यक्ष मण्ड्लले अनौठो हर्कत देखाएपछि मैले प्रमाणको लागी मोबाइल निकालेर भिडियो खिचे ।´ उनका अनुसार विवाद बढदै गएपछी अध्यक्ष मण्डलले कार्यकक्षमा नै मेयर दिपेन्द्र महतोको फुपुको छोरा सुरेन्द्र महतोलाइ बोलाए ।

 

` सुरेन्द्र महतो आएर मेरो मोबाइल खोसे, आक्रमण प्रयास समेत गरे,´ सापकोटाले भने । सुरेन्द्र महतो आएपछी विवाद थप उत्कर्षमा पुगेको प्रत्यक्षदर्शीको भनाइ छ ।

 

कार्यककक्षमा नै आक्रमणको आरोप खेपेका वडा अध्यक्ष  श्यामसुन्दर मण्डलले उपमेयरका श्रीमानले नै आक्रमणको प्रयास गरेको वताएका छन । अध्यक्ष मण्डलले उपमेयरसगँ कुरा गरिरहेको वेला विवाद सिर्जना गरेपछी सामान्य विवाद सिर्जना भएको दावी गरे ।

`मैले कसैलाइ हातपात गरेको छैन बरु उपमेयरका श्रीमानले मलाइ हातपात गरेका हुन,´ अध्यक्ष मण्डलले भने ।

 

उता उपमेयरले भने असुरक्षित महसुस भएको हुनाले सुरक्षाको लागी प्रहरीसगँ अनुरोध गरेको वताएकी छन ।

 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope