एमाले केन्द्रीय सदस्यमा १३ जना थपिए
काठमाडौं, १९ जेठ । नेकपा एमालेले विभिन्न पार्टीबाट समाहित भएका १३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले नेकपा एकीकृत समाजवादीबाट प्रवेश गरेका मुकुन्द न्यौपानेसहित १३ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको हो ।
योसँगै एमाले केन्द्रीय समिति ३१३ सदस्यीय भएको छ । ३१४ हुनुपर्ने भए पनि एक जना निलम्बनमा छन् । जसमा एक जना (सचिव टोपबहादुर रायमाझी, नक्कली भुटानी शरणार्थी प्रकरणमा परेकाले) निलम्बनमा छन् ।
शुक्रबार मनोनित केन्द्रीय सदस्यहरुमा
१, मुकुन्द न्यौपाने, भोजपुर
२, प्रेमबहादुर सिंह, कालिकोट
३, भागवत विश्वासी, दाङ
४, चुणामणि जंगली, कास्की
५, हेमराज राई, भोजपुर
६, ठम्मर विष्ट, सुर्खेत
७, अजय गुप्ता, रौतहट
८, एकवाल मिया, बारा
९, गणेश खनाल, गुल्मी
१०, प्रेम तामाङ, रसुवा
११, यमबहादुर परियार, चितवन
१२, सुरेन्द्र मानन्धर, काठमाडौं
१३, उमाशंकर अरगरिया, धनुषा
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस