कुमारी बैंकको सेयरमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौ,  १९  जेठ । लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको कुमारी बैंकको पौने १५ लाख बढी कित्ता सेयरमा खरिद आवेदन दिने शुक्रबार अन्तिम दिन रहेको छ। 

बैंकले गत जेठ १२ गतेबाट बैंकको संस्थापक समूहको १४ लाख ८३ हजार ३७८ कित्ता सेयर बिक्रीमा राखेको हो। यो लिलामी सेयरमा आज अपराह्न १ बजेसम्म खरिद आवेदन दिन सकिनेछ।यो सेयरमा संस्थापक सेयरधनीलगातत अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठत संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन्। 

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा १ हजार गुणानमा वा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। 

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक काठमाण्डौको कमलपोखरीस्थित सनराइजन क्यापिटलमा पेस गर्नुपर्नेछ। 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope