गेटामा भोलि सडक बहस गरिने 


अत्तरिया, १९ जेठ

शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सघर्ष समितिले भोलि गेटामा सडक बहस गर्ने भएको छ । सरकारले माघ २९ गते मन्त्रिपरिषदबाट शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेपनि बजेटमा त्यसलाई कार्यान्वय नगरिएपछि सघर्ष समितिले आन्दोलनका कार्यक्रम अन्तरगत सडक बहस गर्न लागेको हो । 

सडक बहसमा गेटा मेडिकल कलेज पूर्वाधार निर्माण समितिका कार्यकारी निर्देशक हेमराज पुजारा लगायत चिकित्सक र सरोकारवाला निकायको सहभागिता रहने सघर्ष समितिका सह–संयोजक आनन्द भट्टले बताएका छन । उनले बिहान ८ बजेदेखि शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको गेट अगाडी सडकमा बहस कार्यक्रम संचालन गरिने बताए ।
 
सघर्ष समितिको आज बसेको बैठकले आइतबार जिल्ला प्रशासन कार्यालय कैलाली अगाडी बिहान साढे १० देखि ११ बजे सम्म धर्ना दिने निर्णय समेत गरेको छ ।  

सघर्ष समितिले आज आन्दोलनका कार्यक्रम अन्तरगत सुदूरपश्चिमका मुख्यमन्त्री र जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाएको थियो । 

समितिले गेटामा २०७९ साल माघ २९ को मन्त्रिपरिषद्को निर्णय अनुसार शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गरेर ६ सय सय्याको अस्पताल संचालन गरिनु पर्ने, शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन सम्वन्धि विधेयक चालु संसदको अधिवेशनमा ल्याउनु पर्ने लगायतका माग राख्दै आन्दोलनका कार्यक्रम गर्दै आइरहेको छ । 

सरकारले माघ २९ को मन्त्रिपरिषद्बाट शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेर जेठ ५ गते नीति तथा कार्यक्रममा पनि शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना बताएको थियो । तर, जेठ १५ गते आर्थिक बर्ष २०८०/८१ को बजेटमा भने गेटामा दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएर १ सय सैय्याको अस्पताल संचालन गर्ने भनेपछि त्यसको विरोधमा सघर्ष समितिले आन्दोलनका कार्यक्रम गर्दै आइरहेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope