टाइगर भर्सेस पठान निर्देशकको पारिश्रमिक ४० करोड
मुम्बई, १९ जेठ । फिल्म ‘पठान’मा स्क्रिन सेयर गरेपछि अब दर्शक ‘करण अर्जुन’ फेम्ड अभिनेता शाहरुख खान र सलमान खानलाई फूल फ्लेज्ड भूमिकामा एकसाथ देख्न चाहन्छन् ।
यहीकारण यशराज फिल्मस्ले आफ्नो स्पाई युनिभर्सलाई अगाडि बढाउँदै नयाँ स्पिाई थ्रिलर ‘टाइगर भर्सेस पठान’ बनाउने घोषणा गरिसकेको छ ।
फिल्ममा शाहरुखसँग अपोजिटमा दीपिका पादुकोण र सलमानको अपोजिटमा कटरिना कैफको अभिनय रहनेछ । कटरीना र दीपिका स्पाई एजेन्टको भूमिकामा देखिनेछन् ।
फिल्ममा सिद्धार्थ आनन्दको निर्देशन रहनेछ । उनले यो फिल्मका लागि ४० करोड पारिश्रमिक लिएका छन् । बलिउडमा कुनै पनि निर्देशकले पाएको यो पारिश्रमिक अहिलेसम्म कै सर्वाधिक महंगो हो ।
फिल्ममा आदित्य चोपडाको लेखन छ । फिल्मको छायांकन सन् २०२४ बाट सुरु हुनेछ भने रिलिज २०२५ मा हुनेछ ।
रोचक कुरा के छ भने सिद्धार्थले प्रभासको फिल्म ‘मैत्री’का लािग ६५ करोड रुपैंयाँको सम्झौतामा हस्ताक्षर गरेका थिए । तर उनले त्यसभन्दा अघि ‘टाइगर भर्सेस पठान’लाई अगाडि बढाउने निर्णय लिएका छन् ।
‘शाहरुख र सलमानलाई एकै फिल्ममा निर्देशन गर्न पाउनु फिल्म निर्देशकका लागि एउटा सपना नै हो । कोही पनि यो अवसरलाई गुमाउन चाहँदैनन्’, फिल्म निकट स्रोतले भन्यो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस