महाभारतका शकुनी मामा अस्पताल भर्ना
मुम्बई, १९ जेठ । भारतीय धार्मिक टेलिफिल्म ‘महाभारत’मा शकुनी मामाको भूमिका निभाएर लोकप्रिय बनेका अभिनेता गुफी पेन्टल अस्पताल भर्ना भएका छन् । केही समयदेखि अस्वस्थ रहेका गुफीको पछिल्लोपटक स्वास्थ्य अवस्था गम्भीर बनेपछि अस्पताल भर्ना गरिएको हो ।
टेलिभिजन अभिनेत्री टीना घईले गुफीको अवस्था गम्भीर रहेको पुष्टि सामाजिक सञ्जालमार्फत गरेकी छन् । टीनाका अनुसार गुफीको परिवारले उनको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी दिन अस्वीकार गरेको छ ।
गुफीले सन्े १९८० को दशकमा कैयौं फिल्ममा अभिनय गरे । यद्यपि बीआर चोपडाको टेलिफिल्म ‘महाभारत’मा शकुनी मामाको भूमिका निभाएर घर–घरमा पहिचान बनाएका थिए । आज पनि उनको भूमिकालाई दर्शकले सम्झन्छन् । गुफी अभिनेता बन्नुअघि इञ्जिनियर थिए ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस