रैथाने वाली जगाउँदै,  रोजगारी बढाउँदै बझाङको मष्टा 


मोहन जोशी/न्युज कारखाना

धनगढी, १९ जेठ

बझाङको विकट क्षेत्रमा रहेको मष्टा गाउँपालिकाले रैथाने वाली जगर्ना गर्ने अभियान सञ्चालन गरेको छ । रैथाने वालीको प्रबर्द्धन गर्न मष्टा गाउँपालिकाले त्यहाँका नागरिकलाई रोजगारी जोडने महत्वपूर्ण कार्यक्रम सञ्चालन गरेको हो ।

मष्टा गाउँपालिकामा धेरै फल्ने कोदो, जौँ, फापर, कागुनू, सीमि, लट्टे (मार्से) को जगेर्ना गर्नका लागि स्थानीयलाई खेतिमा प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

पालिका अध्यक्ष ज्ञान बहादुर बोहराका अनुसार रैथाने वाली संरक्षण गर्न घर–घरमा रोजगारी कार्यक्रम सञ्चालन भइरहेको छ । ‘वाली संरक्षणका लागि स्थानीय नागरिकलाई जोड्नु आवश्यक छ,’ अध्यक्ष बोहराले भने, ‘स्थानीयलाइ जोड्दा उनीहरूलाई रैथाने वाली प्रबद्र्धन गरेरै रोजगार बनाउने नीति लगेका छौं ।’ पालिकाले स्थानीय नागरिकलाई बीउ उपलब्ध गराउने, उत्पादन भएको खाद्य सामग्री खरिद गररेर बजारीकरण गर्ने काम गर्दै आएको उनले बताए । स्थानीय वालीमा पालिकाका नागरिकलाई निर्भर बनाउन जंग फुडको सट्टा रैथाने वालीबाट बनेका खाजाका परिकार प्रयोग गर्नुपर्ने नीति लगिएको मष्टा गाउँपालिकाका कृषि अधिकृत प्रभाकर जोशीले बताए । 

‘सरकारले प्रदान गर्ने विद्यालय दिवा खाजा कार्यक्रममा पनि रैथाने वालीबाट बनेका खानाका परिकार प्रयोग गर्ने योजना बनाएका छौं,’ कृषि अधिकृत जोशीले भने, ‘त्यसका लागि ६ दिनमा के खुवाउने भन्ने तालिका पनि बनाइएको छ, त्यसले गर्दा किसानलाई उत्पादन खाद्य वस्तुको बजारीकरणमा समस्या हुने छैन ।’ किसानले उत्पादन गरेको रेथाने वालीको बजारी करणका लागि अन्य निकायसंग पनि समन्वय भइरहेको उनले बताए । पालिकाले नै ढुवानी गरेर जिल्ला सदरमुकामसम्म पुर्‍याउने व्यवस्था पनि गरिएको छ,’ जोशीले भने, ‘कृषि सम्बन्धी व्यवसाय गर्ने संघ संस्थासंग पनि सम्झौता गरिएको छ, त्यसैले अव किसानले उत्पादन गरेको सामग्री खेर जाने समस्या हुने छैन ।’

रैथाने वाली संरक्षण गर्नुको उद्देश्य बढ्दो बेरोजगारी समस्या समाधान गर्ने पनि रहेको उनले बताए । ‘मष्टा गाउँपालिकाका आधा जति युवा रोजगारीको सिलसिलामा भारत वा अन्य देश गएका छन्,’ पालिका अध्यक्ष ज्ञानबहादुर बोहराले भने, ‘ती युवालाई गाउँमै रोक्नका लागि पनि यो योजना प्रभावकारी हुने अपेक्षा गरेका छौं ।’ रैथाने वाली स्वास्थ्यका दृष्टिले पनि उपयोगी रहेका र बदलिदो जलवायु परिवर्तनको असर संग लड्न सक्ने क्षमताका रहेका उनले बताए ।
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope