लण्डनबाट सिद्धार्थको घोषणा


काठमाडौं, १९ जेठ । लण्डनबाट नयाँ नेपाली फिल्म ‘सिद्धार्थ’को घोषणा भएको छ । यसअघि ’कैदीको पत्र’ निर्देशन गरेका सनमकुमार बैरागले निर्देशन गर्ने यो फिल्म बीस प्रतिशत बेलायतमा र बाँकी नेपालमा छायांकन हुने बताइएको छ ।

 

भिजन संसार र स्रित फिल्म एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने यो फिल्म घोषणाको लागि नेपालबाट निर्माताद्वय श्रीदेव बिएल र शारदा खड्का अर्याल बेलायत पुगेका थिए । फिल्ममा नेपालबाट श्रीदेव र शारदाको साथमा दिनेश केसी र युकेबाट दिल घले र नबिन थापा निर्माता रहेका छन् ।

 

सन् २०२४ को सुरुवातमा फ्लोरमा जाने यो फिल्मको लागि क्याप्टेन विजय लामा, पृथ्वीराज केसी र बिभिया श्रेष्ठले अभिनयको टुंगो लागिसकेको छ भने अन्य कलाकारको छनोट बाँकी नै रहेको निर्माता बिएलले बताए ।

 

घोषणा कार्यक्रममा यती नेपाली एशोशियसका पूर्व अध्यक्ष उमेशराज मोक्तान, फिल्म निर्माता तथा निर्देशक कपिल रिजाल, निर्माता निकेश लिम्बु, पूर्व काउन्सिलर भगवानदास चौहान, प्राध्यापक रुपक श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope