इन्जिनियरिङका दुई उत्कृष्ट विद्यार्थी पुरस्कृत

भक्तपुर, २० जेठ । ‘यातायात इन्जिनियरिङ तथा व्यवस्थापन’ कार्यक्रममा सर्वोत्कृष्ट अंक ल्याउने दुई जना विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) ले शैक्षिक उत्कृष्ठता हासिल गरेका दुई विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
कलेजमा सञ्चालित स्नातकोत्तर कार्यक्रमहरुमध्ये विद्यार्थीहरुको आकर्षकको विषय रहेको ती विषयमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गर्ने उद्देश्यले यातायात क्षेत्रका अन्तराष्ट्रिय विज्ञ प्राध्यापक डाक्टर पार्थमणी पराजुलीले आफ्ना मातापिताको नाममा स्थापना गरेको बस छात्रबृत्तीबाट नेकका दुई जना विद्यार्थीहरु सम्मानीत भएका हुन् ।
सम्मानित हुनेहरुमा इन्जिनियर सुनिलकुमार तिलक यादव र इन्जिनियर मन्दा पन्त रहेका छन् । इन्जिनियर यादवले अफ्रिकाका विभिन्न मुलुकहरुमा आफ्नो सेवा दिएका थिए भने इ. पन्त हाल सडक विभागमा कार्यरत छन् । शैक्षिक उत्कृष्ठता सम्मान गर्ने क्रममा उनीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस