धनकुटामा जंगली च्याउँ खाएर उपचाररत छोराको पनि मृत्यु
धनकुटा, २० जेठ । जंगली च्याउ खाएर बिरामी भएका मध्ये थप एकको मृत्यु भएको छ ।
जंगली च्याउँ खाएर हिजो आमाको निधन भएको थियो भने आज उपचारको क्रममा छोराका पनि मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जंगली च्याउ खाएर मृत्यु हुनेमा सहिदभूमि गाउँपालिका–३ घर भइ हाल धनकुटा नगरपालिका–७ चुली वनमा बस्दै आएका २८ वर्षीया मुना राईकोर उनका ७ वर्षका छोरा सचिन रहेका छन ।
गत सोमबार जंगलबाट च्याउ ल्याएर खाएका आमा छोरा अत्यधिक बान्ता र झाडापखालाबाट गम्भीर बिरामी परे पछि उपचारका लागि धनकुटा जिल्ला अस्पतालमा ल्याईएको थियो ।
तर, त्यहाँ पनि उपचार सम्मभ नभए पछि दुवैजनालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याईएको थियाे । तर, उपचारकाे क्रममा शुक्रबार आमाको निधन भएको हो भने ७ बर्षिया छोरा सचिनको आज निधन भएको हो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस