निजी जीवनमा निकै कञ्जुस सारा अली खान

मुम्बई, २० जेठ । अभिनेत्री सारा अली खान हालका दिनमा फिल्म ‘जरा हटके जरा बचके’का कारण चर्चामा छिन् ।
यो फिल्म शुक्रबारबाट रिलिज भइसकेको छ । फ्यानले फिल्म मनपराइरहेका छन् ।
यही बीचमा साराले एक अन्तरवार्तामा आफू निजी जीवनमा निकै कन्जुस रहेको खुलासा गरेकी छन् । हालै सारा ‘आइफा २०२३’ सहभागी हुन अबुधाबी पुगेकी थिइन् ।
जहाँ उनले मिडियासँग आफ्नो निजी जीवनका बारेमा खुलेर कुराकानी गरेकी थिइन् । ‘म वास्तविक जीवनमा निकै कन्जुस छु । जब म अधुधाबी आएँ, मलाई निर्माता दिनेश विजाको एक भ्वाइस सन्देश आयो । जसमा उनले यहाँ रोमिङ मात्र ४०० रुपैंयाँमा आउने बताउँदै यसलाई लिन भनेका थिए । त्यसपछि रोमिङको शुल्क कति भनेर सोध्दा १० दिनको ३००० रुपैंयाँ थाहा पाएँ । मैले यहाँ एक दिनका लागि मात्र आएको भएर आफ्नो हेयर ड्रेसरको हटस्पटले काम चलाएँ’, उनले भनेकी छन् ।
यसअघि विक्की कौशलले एक प्रमोसन इभेन्टमा साराको विषयलाइ लिएर खुलासा गरेका थिए । उनका अनुसार साराले तौलिया किन्नका लागि निकै गाली खाएकी थिइन् । किनकी त्यो तौलियाको मूलय १६ सय रुपैंयाँ थियो । त्यस्तो तौलिया भेनिटी भेनमा दुई तीनवटा निशुल्क प्रयोग गर्न पाइन्थ्यो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस