भोलि राजधानीमा नेमकिपाको जुलुश र धर्ना


भक्तपुर, २० जेठ

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भोलि आइतबार राजधानीमा जुलुश र धर्ना कार्यक्रम गर्ने भएको छ । बिहान ९ बजे कोटेश्वरमा जम्मा भई जुलुश गरेर संघीय संसद भबन नयाँं वानेश्वरमा धर्नामा बस्ने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाइले बताए । धर्नामा पार्टीका केन्द्रीय नेताहरुबाट सम्वोधन हुने पनि जनाइएको छ । 

यसअघि पार्टीको सचिवालको वैठक वैशाख १७ गते वसी प्रमाणीकरण तत्काल रद्द गर्न माग गरेको थियो । त्यसपछिबाट निरन्तर पार्टीले जिल्लाजिल्लामा विरोध कार्यक्रम गर्दै आएको छ । यस अन्तर्गत केन्द्रीय राजधानी काठमाडौंमा जुलुश र धर्ना गर्न लागेको जनाइएको छ । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope