‘ह्यासट्याग माया’को छायांकन सुरु


काठमाडौं, २० जेठ । चलचित्र ‘ह्यासट्याग माया’ (#माया) को छायांकन बर्दियाबाट सुरु भएको छ । लुम्बिनी प्रदेशको बर्दिया राष्ट्रिय निकुञ्जमा पहिलो दिन केही दृश्यलाई खिच्दै चलचित्रको छायांकन सुरु गरिएको हो । थ्रिलर विधामा निर्माण हुने चलचित्रको बर्दिया सेड्युल चौध दिनको तय गरिएको छ । चलचित्रको छायांकन बर्दियाकै आसपासमा गरिने कार्यकारी निर्माता अनुप पौडेलले जानकारी दिए ।

 

'नेपालको सुन्दरतालाई पर्दामा ल्याउने कोसिस हाम्रो रहनेछ । यसका साथै बर्दियाको सेटअप पात्रलाई सुहाउँदो पनि छ । यहाँ दुई साता छायांकन गर्ने सेड्युल तय गरेका छौँ', अनुपले भने । 

 

यसै चलचित्रमार्फत निर्देशनमा डेब्यु गरेका निर्देशक राजिव गुरुङले पहिलो दिनको काम राम्रो भएको जानकारी दिए । 'हामीले तय गरेको सेड्युलअनुसार नै काम भइरहेको छ । थ्रिलरमा मनोरञ्जक चलचित्र तयार हुनेछ । हामी प्रस्तुतीसँगै अन्य विषयमा ध्यान दिईरहेका छौँ', निर्देशक गुरुङले भने ।

 

चलचित्रमा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिके लगायतको अभिनय रहेको छ । यसको छायांकन काठमाडौं २० दिन र धरानमा ५ दिन समेत गरिनेछ ।

शर्मिला थापाको निर्माण रहेको चलचित्रको कथा मायामै केन्द्रित छ । यसमा शिर्ष भूमिका निर्वाह गरेकी अभिनेत्री श्रेष्ठले एरियल योगा प्रशिक्षकको चरित्र निर्वाह गर्न प्रशिक्षणसमेत लिएकी थिइन् । नेपाली कलाकारमा चरित्र निर्माणका लागि यत्तिकै मेहनत गर्नेको संख्या निकै कम छ ।

'चरित्रलाई जीवन्त बनाउन समय दिएकी हुँ । पर्दामा देखिदा फिक्का नदेखियोस् भन्ने मेरो प्रयाश हरेक चलचित्रमा रहन्छ । यो चलचित्रलाई लिएर निकै उत्साहित छु । केही नयाँ गर्ने प्रयास गर्दैछौँ',अभिनेत्री नम्रताले भनिन् । रे भेन्चर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण भईरहेको चलचित्रमा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्वल जोशीको छायांकन निर्देशन, रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको शृंगार रहेको छ । यसमा कार्यकारी निर्मातामा अनुप पौडेल, कास्टिङ निर्देशकमा अर्जुन न्यौपाने, प्रोडक्सन म्यानेजरमा अरुण रेग्मी र दीलिप पन्त रहेका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope