नक्कली नोटसहित दुईजना पक्राउ


काठमाडाैं, २१ जेठ । पर्सा र चितवनबाट नक्कली नोटसहित दुईजना पक्राउ परेका छन् । पर्साकाे वीरगंज महानगरपालिका-१६ नगवा चोकबाट १ हजार दरको ८ थान र ५ सय दरको ३० थान गरी जम्मा ३८ थान नक्कली नेपाली नोटसहित सर्लाही बरहथवा नगरपालिका-५ रामजानकी टोल बस्ने ३० वर्षीय रामबिश्वास महतोलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो  । 

 

चितवन, भरतपुर महानगरपालिका-३ शहिदचोकबाट १ हजार दरको ६ थान नक्कली नेपाली नोटसहित भारत मध्यप्रदेश घर भएका ४९ वर्षीय करतार सिंहलाई  प्रहरीले पक्राउ गरेको छ ।

 

भरतपुर महानगरपालिका-१ जुनहल रोडस्थित स्टोरमा जुत्ता खरिदको क्रममा सिंहले दिएको १ हजारको नोट नक्कली भएको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले सिंहको खोजी गर्ने क्रममा उक्त स्थानबाट नक्कली नोटसहित फेला पारी पक्राउ गरेको   हो ।  

 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope