निर्जीवन बीमा कम्पनीहरुले कति आर्जन गरे बिमा शुल्क ?
काठमाडौ, २१ जेठ । निर्जीवन बिमा कम्पनीहरुले चालु आर्थिक बर्षको बैशाख सम्ममा ३२ अर्बमाथि कुल बिमा शुल्क आर्जन गर्न सफल भएका छन् ।
बिमा प्राधिकरणको तथ्याङक अनुसार कम्पनीहरुले यस अवधिसम्मा ३२ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । यस अवधिसम्मा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले बिमा व्यवसाय गर्न सफल भएको छ।
कम्पनीले यस त्रैमासको अवधिसम्मा ४ अर्ब ४२ करोड ६९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
दोस्रोमा सलिको र तेस्रोमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्स कम्पनी रहेको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ७३ करोड रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब ६४ करोड रुपैयाँ कुल बिमा शुल्क आर्जन गर्न सफल भएको छ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस