पूर्वसांसद मिना पाण्डेको निधनमा राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारित


काठमाडौं, २१ जेठ । राष्ट्रिय सभाले प्रतिनिधि सभाका पूर्वसदस्य एवं संविधान सभा सदस्य एवं पूर्वराज्यमन्त्री मिना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । 

आइतबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकले पाण्डेको निधनमा शोक प्रस्ताव सर्वसम्मते पारित गरेको हो । पहिलो बैठक एमालेसहितका प्रतिपक्षी दलको अवरोधका कारण स्थगित भएर बसेको दोस्रो बैठकले पाण्डेको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो । 

आइतबारको बैठकको कार्यसूचीमा रहेका क्रमश संख्या १, २ र ३ नम्बरका कार्यक्रम हटाएर दोस्रो बैठक बसेको हो 

दोस्रो बैठकले शोक प्रस्ताव पारित गरेर सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरिएको हो । शोक प्रस्ताव पारितपछि पाण्डेको निधनमा उठेर मौन धारण गरिएको थियो । 

नेपाली काँग्रेस पार्टीबाट २०४८ र २०५१ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी पाण्डे २०६४ सालको संविधान सभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित सदस्य थिइन् । 

पूर्व महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री पाण्डेको  यही १६ जेठमा ७२ वर्षको उमेरमा निधन भएको थियो । 
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope