महिला टि २० क्रिकेटः नेपाल टस जितेर फिल्डिङमा

काठमाडौं, २१ जेठ । महिला टि २० क्रिकेटको अन्तिम श्रृंखलाको खेलमा नेपालले टस जितेको छ ।
नेपाल–मलेसिया बिच जारी महिला टि २० क्रिकेटको अन्तिम श्रृंखलाको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।
नेपाल–मलेसिया दुई खेलमा जीत र दुई खेलमा पराजय गरी बराबरी खेलेका दुवै टिमलाई आज जित्नै पर्ने दबाब छ । आजको खेल जारी श्रृंखलाको पाँचौं तथा निर्णायक खेल हो ।
पहिलो खेलमा ५ र चौथो खेलमा ४ विकेटले पराजित भए नेपालले दोस्रो र तेस्रो श्रृंखलामा भने बिजय हासिल गरेको थियो । दोस्रो र तेस्रो श्रृंखलामा क्रमशः ७ विकेट तथा २७ रनले विजयी भएको नेपालले सिरिज जित्नका लागि मेहनत गरको कप्तान रुबिना क्षेत्री बेल्वासेले जानकारी दिएकी छिन ।
नेपालले आज विकेट किपर काजोल श्रेष्ठलाई बेन्चमा राखेर स्पिनर कृतिका मरासिनीलाई आजको निर्णायक खेलमा मौका दिएको छ । अन्य खेलाडी यथावत रहेका छन् ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस