महिला टि-२० क्रिकेटकाे अन्तिम श्रृंखला, जीतका लागि मलेसियासँग भिडदै नेपाल

काठमाडौं, २१ जेठ । महिला टी–२० क्रिकेट प्रतियोगितामा आज नेपाल र मलेसिया बिच प्रतिस्पर्धा हुदैँछ ।
महिला टि–२० को अन्तिम श्रृखंलामा आज पुनः नेपाल जीतका लागि मलेसियासँग भिडन लागेको हो ।
यसअघि खेलमा नेपालले दुई खेलमा जीत तथा दुई खेलमा पराजय भोग्नु परेको थियो । पहिलो र चौथो खेलमा पराजय भोगेको नेपालले दोस्रो र तेस्रो श्रृंखलामा भने बिजय हासिल गरेको थियो ।
मलेसियामा जारी द्विदेशीय श्रृङ्खलाको शनिबार बिहान भएको खेलमा नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेटको क्षतिमा पूरा गरेर चौथो श्रृखंलामा बिजेता बने पछि नेपाल–मलेसियाका जीत हार बराबर बन्न पुगेको छ ।
आज हुने खेलमा दुवै देश बिजयका लागि मैदानमा उत्रने छन् ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस