लिग वान च्याम्पियन पिएसजी अन्तिम खेलमा पराजित


काठमाडौं, २१ जेठ । लिग वान च्याम्पियन भईसकेको पेरिस सेन्ट जर्मेन (पिएसजी) अन्तिम खेलमा पराजित भएको छ ।  

 

दुई गोलको अग्रता जोगाउन नसक्दा पिएसजी घरेलु मैदानमा क्लेरमन्टफर्टसँग ३–२ ले पराजित भएको हो । यद्धपी, लिग वानको उपाधी भने पिएसजीले उचालेको छ ।

शनिबार राति  पार्क डेस प्रिन्सेस खेल मैदानमा भएको खेलको १६औं मिनेटमा सर्जियो रामोस रामोसले गोल गर्दै पिएसजीलाई १–० को सुरुवाती अग्रता दिलाएका थिए र त्यसको केही मिनेटमा नै २१औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारिदिए । 

तर, २४ औं मिनेटमा क्लेरमन्टफर्टका जोहान गास्टिनले गोल फर्काए पछि खेल २–१ को स्थितिमा रहन पुग्यो । पहिलो हाफको इन्ज्युरी समयमा मेदी जिफेनले गोल थपे पछि पहिलो हाफको खेल २–२ गोलको बराबरीमा टुंगियो ।

 

उता, दोस्रो हाफको ६३ औं मिनेटमा ग्रिजोन केयईले गोल गरे पछि पिएसजीलाई पछि पार्दै क्लेरमन्टफर्टले ३–२ को अग्रता लियो । त्यसपछि थप गोल निस्कन नसक्दा पिएसजी लिग वानको अन्तिम खेलमा पराजित हुन पुग्यो । पराजित अवस्थामा पिएसजीले लिग वानको उपाधी उचालेको छ । 

 

साथै, लियोनेल मेस्सी र रामोसको पिएसजीवाट यो अन्तिम खेल थियो किनभने मेस्सी र रामोसले यस सिजनवाट पिएसजी छाडने निर्णय यसअघि नै गरिसकेका छन् । मेस्सी साउदी क्लबसँग अाबद्द हुने चर्चा परिचर्चाका बिचमा मेस्सीले  पिएसजीबाट अन्तिम खेल खेलेका छन् । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope