गायिका समीक्षा अधिकारीको  ‘ए सुवा’मा समारिका र जोन 


काठमाडौ‌ं, २१ जेठ । लोकप्रिय गायिका समिक्षा अधिकारी र  गायक गोकुल खरेलको स्वर समावेश 'ए सुवा' बोलको गीतको  भिडियो रिलिज भएको छ ।

 

लामो समयदेखि जापानमा बसेर आफ्नो व्यवसाय संचालन  गर्दै आएका गायक गोकुलले हालै रिलिज गरेको गीतमा  सागर खरेलका शब्द , दीपक शर्माको संगीत तथा उदय राज पौडेलको एरेन्ज रहेको छ । जसमा मोडलद्वय समारिका दाहाल र जोन बमको अभिनय रहेको छ ।

 

सुदूरपश्चिमको मौलिक भाषामा आधारित रहेर प्रेमीले प्रेमिकालाई मायालु भाषामा गरिएको सम्बोधन हो ए सुवा त्यस्तै प्रेमीकाले प्रेमीलाई  ए साई भन्छन् । कञ्चनपुरका गायक गोकुलले ए सुवा मार्फत एक प्रेमिल जोडीको रमाइलो प्रेम कथा देखाउन खोजिएको छ ।  

उत्तम श्रेष्ठ शिशिरको निर्देशन, मुकेश हुमागाईको छायांकन तथा बिनोद बमको सम्पादन तथा कलर रहेको छ । राहुल बराईलीको कोरियोग्राफी रहेको भिडियो गायक गोकुलकै च्यानलबाट रिलिज गरिएको हो ।

गायक गोकुलले यसअघि फुलेको फुल, सिकाउँदैछ केही, उडाइलगेछ, आधा परान, फुलेको फुल, कहाँ थियौ, हामी स्वास्थ्यकर्मी, राष्ट्रिय गीत गुन्द्रुक ढिँडो , भमरा, लगायतका गीतहरु बजारमा ल्याईसकेका छन् ।

भिडियाे लिंक : https://youtu.be/e3OtGWrAg5Q


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope