तेस्रो कार्यकालका लागि टर्कीका राष्ट्रपतिले लिए शपथ


अंकरा, टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले शनिबार संसदमा सपथ ग्रहण गरेका छन । 

 

उनको यो सपथसँगै आगामी पाँच वर्षको लागि आफ्नो तेस्रो कार्यकाल औपचारिक रूपमा सुरु भएको छ ।

 

एर्दोगानले संसदमा सपथ ग्रहण समारोह पछि राजधानी अंकारामा अबस्थित राष्ट्रपति भवनमा विश्व नेताहरूको उपस्थितिमा भव्य समारोह आयोजना हुनेछ।

 

राष्ट्रपतिले आफनो सपथ सँगै आफ्नो नयाँ मन्त्रिपरिषद्को नाम पनि घोषणा गर्ने अपेक्षा गरिएको छ।

 

गत मे २८ मा भएको राष्ट्रपतीय निर्वाचनमा एर्डोगानले आफ्ना प्रतिद्वन्द्वी केमाल किलिचदारोग्लुलाई पराजित गर्दै ५२.१८ प्रतिशत मत प्राप्त गर्न सफल भएका थिए ।

सन् २००३ मा प्रधानमन्त्री भएदेखि नै देशको नेतृत्व गर्दै आएका राष्ट्रपति सन् २०१७ मा भएको संवैधानिक जनमत संग्रहले तुर्किएको संसदीय प्रणालीलाई राष्ट्रपतीय प्रणालीमा परिणत गरेपछि २०१८ मा तुर्किएको पहिलो कार्यकारी राष्ट्रपति बनेका थिए । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope