उडिसा दुर्घटनाको ५१ घन्टा पछि एक लेनको रेल सेवा सुचारु, दोस्रो चाँडै हुने


उडिसा, २२ जेठ । उडिसा रेल दुर्घटना पछि अबरुद्ध हुन पुगेको रेल सेवा ५१ घन्टा पछि सुचारु भएको छ ।

बालासोर जिल्लाको बहंगा बजारमा शुक्रबारको भीषण रेल दुर्घटना पछि पूर्वी र दक्षिणी भारतलाई जोड्ने रेल सेवा अबरुद्ध हुन पुगेको थियो । 

 

तर, हिजो राती मुख्य ट्रंक लाइनबाट क्षतिग्रस्त रेलका कोचहरू हटाइएको तथा रेल सेवाहरू सुचारु गर्नका लागि दुईवटा ट्र्याकहरू मर्मत गरिए पछि सो बाटो हुदै जाने रेल सेवा सुचारु भएको हो । आइतबारदेखि एक लाइनको रेल सेवा सञ्चालनमा आएको थियो । 

सो भयानक दुर्घटना पछि घटनास्थलमा रहेका रेल मन्त्री रेल मंत्री अश्विनी वैष्णव आफैं उपस्थित भएर रेल्वे सेवा सुचारु गराएका थिए । सो दुर्घटनाको ५१ घन्टा पछि मालगाडी पास भए पछि रेलमन्त्रीले पहिले भगवानलाई धन्यवाद दिए र त्यसपछि जनतासँग कुरा गर्दै सबैले राम्रो हुदैँ जाने बताए ।

 

‘यस दुर्घटनामा ज्यान गुमाएका परिवारहरूप्रति म धेरै दुःखी छु। तर हामी यो घटनाको जरासम्म जान्छौं। दोषी जोसुकै भए पनि कडा भन्दा कडा कारबाही हुन्छ,’ उनले उपस्थित सञ्चारकर्मीसँग भने, ‘रेल पुनः सञ्चालनमा आएकोमा सबैलाई बधाई छ, अब दोस्रो लाइनवाट पनि रेलसेवा चाँडै सुरु गर्नुपर्छ।’

 

रेल मन्त्री वैष्णवले दुर्घटनाको मूल कारण पत्ता लगाइएको छ र यसको लागि जिम्मेवार व्यक्ति पहिचान गरिएको छ जनाएका छन । ‘यो दुर्घटना इलेक्ट्रोनिक इन्टरलकिङ र प्वाइन्ट मेसिनमा गरिएको परिवर्तनका कारण भएको हो,’ प्रारम्भिक रिर्पोटवारे जानकारी दिदै उनले पत्रकारहरुसँग भने ।

 

उनका अनुसार सो दुर्घटनाको कारण ‘पोइन्ट मेसिन’ र  ‘इलेक्ट्रोनिक इन्टरलकिङ’ प्रणालीसँग सम्बन्धित रहेकाले सोही बिन्दुवाट अनुसन्धान गरिएको छ ।

 

गत शुक्रबार राती तीनवटा रेल एक अापसमा ठाेक्किदा २ सय ७५ भन्दा बढीकाे मृत्यु भएकाे थियाे भने ११ सय भन्दा बढी घाइते भएका थियाे । साे दुर्घटना यस दशककै सबैभन्दा ठुलाे दुर्घटना मानिएकाे छ । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope