गायक स्वरुपराज आचार्यको ‘धुँवा धुँवा’मा प्रान्जल र स्मृति


काठमाडौं, २२ जेठ। गायक स्वरुपराज आर्चायको स्वर रहेको  ‘धूँवा धूँवा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अमेरिकाको क्यान्सस राज्यको ओभरल्याण्ड पार्क शहरमा एक कार्यक्रमको आयोजना गर्दै गीतको भिडियो रिलिज गरिएको हो ।

 

सो अवसरमा स्थानिय कलाकार तथा संगीतकर्मीहरुको उपस्थित रहेको अन्तर्राष्ट्रिय साहित्य समाज क्यान्सस च्याप्टरले जनाएको छ । सार्वजनिक गीतमा कमला न्यौपानेको शब्द र येदिन गजमेरको संगीत छ । धिरज श्रेष्ठको एरेन्ज रहेको गीतमा कृष्ण केआर मर्हजनले मिक्सिङ तथा मास्टरिङ गरेका छन् । 

 

प्रान्जल न्यौपाने र स्मृति श्रेष्ठको अभिनय रहेको भिडियोमा व्यस्तताबीच एक्लिएका एक प्रेमीको मनमा खड्किएको एक्लोपनालाई देखाइएको छ । केशवराज भट्टको निर्देशन  रहेको  भिडियोको छायांकन  उत्सव दाहालले गरेका हुन् भने विकास दाहालले सम्पादन गरेका हुन् । प्रकाश न्यौपानेको निर्माणमा तयार भिडियो  तरंग द वेभ क्रियशनबाट बजारमा आएको हो ।

भिडियाे लिंक : https://youtu.be/t82ChZ5Uqwo


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope