यस्तो छ आजको बिदेशी मुद्राको बिनिमय दर, कतारी रियाल ३६ रुपैँया

काठमाडौ, २२ जेष्ठ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैङ्कका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ४० पैसा र बिक्रीमा १३२ रुपैयाँ ताेकिएकाे छ भने युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ६९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३३ पैसामा किनबेच हुनेछ ।
उता, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८६ रुपैयाँ ८८ पैसा र बिक्रीमूल्य ८७ रुपैयाँ २८ पैसा छ भनेन क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७७ पैसा रहेको छ ।
यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ३ पैसा र बिक्रीमा ३५ रुपैयाँ १९ पैसा र कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ ४ पैसा र बिक्रीमा ३६ रुपैयाँ २० पैसा तोकिएको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस