शौचालयको ढोकामा अवार्ड झुन्ड्याउँछन् नसीरुद्दीन


मुम्बई, २२ जेठ । बलिउडका दिग्गज अभिनेता नसीरुद्दीन शाहले आफ्ना लागि अवार्ड कार्यक्रमको कुनै महत्व नरहेको बताएका छन् । 

 

उनले दमदार अभिनयका लागि आफूले पाएका सबै अवार्ड शौचालयको ढोकाको ह्याण्डलमा झुण्ड्याएको खुलासा गरेका छन् । 

 

‘मेरा लागि फिल्म फेयर जस्तो अवार्डले पनि महत्व राख्दैन । मेरो एक फार्म हाउस छ, जहाँको ट्वाइलेट हेण्डलमा यी सबै अवार्ड झुण्डिइरहेका छन्’ उनले भनेका छन् ।

 

नसीरुद्दीनको बुझाईमा यी ट्रफीको कुनै मूल्य छैन । उनले जब पहिलोपटक अवार्ड पाएका थिए, त्यो बेला उनी निकै खुशी भएका थिए । ‘त्यसपछि मैले धमाधम अवार्ड पाउन थालें । जुन काम मेरो करियरको सुरुवातमा भयो । पछि मलाई थाहा भयो कि जुन अवार्डको यो लामो नतिजा छ, यो मेरो कामले गर्दा पाएको छैन’, उनले खुलाए । उनले आफ्ना लागि पद्मश्री, पद्मभूषण जस्ता अवार्डको मात्र महत्व हुने बताए । 

उनको अनुभवमा कोही कलाकारले ज्यान दिएर काम गर्छ भने त्यो राम्रो कलाकार हो । ‘तपाईंले टोकरीबाट एउटा बन्दा निकालेर यो राम्रो छ भन्नुभयो भने त्यो कसरी जायज हुन्छ । जबकी जुन मैले दुईवटा पाइरहेको थिएँ, त्यो म लिन नै गइन् । मैले जहाँ फार्महाउस बनाएको थिएँ, त्यहाँ लगेर यी अवार्ड झुन्ड्याउनु उपयुक्त ठाने । आज जो जो मेरो बाथरुममा जान्छन्, उनीहरुले दुई दुई अवार्ड पाउँछन् । दुवै हातले ढोका खोल्नुपर्छ, उनीहरुलाई दुई फिल्म फेयर अवार्ड’, उनले भनेका छन् ।
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope