सेयर बजारमा यसकारण आयो करेक्सन
काठमाडौ, २२ जेठ । सेयर बजारमा सोमबार करेक्सन आएको छ । अघिल्लो दिन आइतबार करिब ५३ अंकले नेप्से बढेको थियो । बढेको मौकामा ट्रेडरहरुले बेच्ने भएकाले सूचकमा केही दबाब परेको अनुमान गरिएको छ । ट्रेडरहरुले थोरै मार्जिनमा किनबेच गर्ने भएकाले बजरमा त्यसको प्रभाव देखिइहाल्छ ।
यस दिन नेप्से सूचक १७.३८ अंकले घटेर १९०१.९९ विन्दुमा अडिएको छ । झन्डै २ अर्ब रुपैयाँको सेयर कारोबार हुँदा एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।
यस दिन २७७ कम्पनीको ५६ लाख २० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १९ करोड ८९ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइजीआई प्रुडेन्सियल इन्सुरेन्स र चिलिमे हाइड्रोपावर परेका छन् ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस