ड्रेस टु इम्प्रेसमा चार डिजाइनर उत्कृष्ट


काठमाडौ, २२ जेठ । आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले राजधानीमा हालै आयोजना गरेको ‘ड्रेस टु इम्प्रेस सिजन–८’मा अन्जुमान बानो ‘बेस्ट आउट अफ बेस्ट’ बनेकी छन् ।

 

इन्टेरियर डिजाइनमा फेसन डिजाइनिङ सम्बन्धी ६ महिने कोर्ष पूरा गरेका १ सय ३३ जना डिजाइनरहरुबीच भएको प्रतिस्पर्धामा अन्जुमानसहित चार डिजाइनर उत्कृष्ट भए ।

 

चारवटा थिममा गरिएको प्रतिष्पर्धा अन्तर्गत ‘फाइभ सिजन’मा ममता राई, ‘फाइभ इलिमेन्ट’मा करुणा अर्याल, ‘बोल्ड एसेसरिज’मा दमायन्ती अधिकारी उत्कृष्ट भए । चारैजना विजेताले जनही १५ हजार रुपैंयाँ, बज्र फिटनेस र केज फिटनेसको तर्फबा गिफ्ट ह्याम्पर पाए ।

 

डिजाइनरका विद्यार्थीबीच हुने ‘ड्रेस टु इम्प्रेस’मा सदाझैँ यस पटकमा समूहगत प्रतिस्र्धा भएको थियो । डिजाइनिङ र मोडलिङको कम्बिनेशन गर्न आईआईएफटीले ‘ड्रेस टु इम्प्रेस’ आयोजना गर्दै आएको छ । जसमा डिजाइनर आफैंले तयार पारेको पहिरनमा प्रस्तुत हुने गरेका छन् ।

 

कार्यक्रममा कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार, निभा श्रेष्ठ, महेश महर्जन, रमिला नेमकुल, रिया महर्जन, निशा श्रेष्ठ, पूर्वमिस नेपाल जेनिशा मोक्तान, उद्यमी कृष्णराज तिमल्सिना र रुपेश प्रधान निर्णायक थिए । आईआईएफटीका प्रबन्धक निर्देशक फूपु तेन्जिङ शेर्पाका अनुसार ‘ड्रेस टु इम्प्रेस’ आईआईएफटीको नियमित कार्यक्रम हो ।

 

आईआईएफटीका विद्यार्थीको क्षमता अभिबृद्धिका लागि डिजाइनिङ प्रतिस्पर्धा ‘ड्रेस टु इम्प्रेस’ सुरुवात गरिएको प्रबन्धक निर्देशक शेर्पाले बताए । काठमाडौंको बागबजारस्थित बागबजार प्लाजा, कमलादीस्थित हेरिटेज प्लाजा र ललितपुरको कुमारी पाटीमा रहेको आईआईएफटीले फेसन डिजाइनिङसँग इन्टेरियर कोर्ष अध्यापन गराउँदै आएको छ । अहिलेसम्म आईआईआएफटीबाट हजारौंको संख्यामा फेसन डिजाइनर उत्पादन भइसकेको शेर्पाको भनाइ छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope