अमेरिकी राष्ट्रपति निर्वाचनः ट्रम्पलाई टक्कर दिदैँ उनकै पुर्व उपराष्ट्रपति चुनावी मैदानमा


बासिंगटन डिसी, २३ जेठ । अमेरिकामा आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनका लागि रिपब्लिकन पार्टीबाट उम्मेदवारका लागि धेरैले दाबी सुरु गरेका छन् । 

 

यसैक्रममा पूर्व उपराष्ट्रपति माइक पेन्सले पनि रिपब्लिकन पार्टीको पक्षबाट राष्ट्रपतिको उम्मेदवारीका लागि दाबी प्रस्तुत गरेका छन् । पेन्सले स्थानीय समय अनुसार मनोनयनका लागि कागजी कार्य पूरा गरेका हुन् । पेन्सको दावीले रिपब्लिकन पार्टी भित्रका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको अगाडि अर्को चुनौती खडा गरेको छ। अब ट्रम्पसँग उनको प्रत्यक्ष भिडन्त हुन 
सक्ने देखिएको छ ।

 

मिडिया रिपोर्टका अनुसार पेन्सले बुधबार औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेर आफ्नो अभियान सुरु गर्ने तयारी गरेका छन् । माइक पेन्सले पूर्व राष्ट्रपति ट्रम्पसँग उपराष्ट्रपतिको रूपमा काम गरेका छन् र उनी ट्रम्पका कट्टर समर्थक थिए। अब अमेरिकाको सबैभन्दा पुरानो पार्टीमा ट्रम्पलाई चुनौती दिन उनी अगाडी आएका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope