इन्जिनियरिङ विद्यार्थीहरू प्रिमाभेरामा दिक्षित


भक्तपुर, २३ जेठ

कलेजबाट नियमित पढाई सक्ने वित्तिकै बजारमा सेवा दिन विद्यार्थीहरूलाई तयार गर्ने उद्देश्यले नेपाल इन्जिनियरिङ कलेजले यस वर्ष पनि प्रिमाभेरा सफ्टवेरको नवीनतम भर्सनको तालिम विषय विज्ञ इन्जिनियर सरोज धिमिरेको नेतृत्वमा सम्पन्न गरेको छ । कम्तीमा ७० प्रतिशत नियमित हाजिर भएका प्रशिक्षार्थीहरू मात्र दीक्षित हुने यस तालिम कार्यक्रममा यसवर्ष २१ जना प्रशिक्षार्थीहरू दिक्षित भएका छन् ।

कलेजको स्नातकोत्तर अध्ययन केन्द्रमा आयोजित प्रमाणपत्र वितरण कार्यक्रममा कलेजको स्नातकोत्तर अध्ययन कार्यक्रमका निर्देशक तथा पेशागत इन्जिनियर प्रा.डा. तुसिताचाँदनी शाहीले आफूले प्राप्त गरेको सिपको सदुपयोग गरी पूर्वाधार विकासको निर्माण व्यवस्थापनमा भइरहेको कमजोरी न्यूनिकरण गर्न दिक्षित विद्यार्थीलाई सुझाए । विज्ञ इन्जिनियर सरोज धिमिरेले प्रिमाभेरा सफ्टवेर निर्माण क्षेत्रमा मात्र नभई अरू खालका आयोजनामा पनि प्रयोग हुने जनाए ।

यही कलेजबाट निर्माण व्यवस्थापनमा दिक्षत भइ देशभित्र र बाहिर विशिष्ट सेवा दिइरहेका इन्जिनियरिहरूको संख्या अहिलेसम्ममा लगभग पाँच सय नाघिसकेको जानकारी कलेजका प्राचार्य तथा पेशागत इन्जिनियर प्रा.डा. श्रेष्ठले जानकारी दिए । 

कार्यक्रममा दिक्षित विद्यार्थीहरूले तालिमबाट आफुले आर्जन गरेको सिपको अधिकतम सदुपयोग गर्ने वातावरण तयार भएमा नेपालमा भइरहेको पूर्वाधार निर्माण आयोजनाहरूको अवधि उल्लेखनीय रूपमा कम गर्न सकिने विश्वास दिलाए । त्यसो गर्न सकिए देशको निर्माण क्षेत्रले ठूलो समारात्मक गति लिने अभिव्यक्ति दिएका उनीहरुले दिएका थिए ।

मुनाफारहित सामाजिक संस्थाका रूपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा विधिवत दर्ता गरी चागुनारायण नगरपालिकाको सार्वजनिक जमिनमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज उच्च प्राविधिक शैक्षिक क्षेत्रमा सर्वोत्कृष्ट रहेको छ । यही हप्ता मात्रै पनि नेपाल इन्जिनियरिङ परिषद्ले कलेजले लामो समयदेखि पाइरहेको स्थायी स्वीकृतिलाई निरन्तरता दिएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope