बिबाहको पहिलो रातमै हृदयघातवाट दुलाहा दुलहीको निधन


बहराइच  । उत्तर प्रदेशको बहराइच जिल्लामा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । यहाँ गत बिहीबार नवविवाहित जोडीको सुहागरातको दिनमा नै मृत्यु भएको छ । 

 

प्रहरी रिपोर्टका अनुसार विवाहको पहिलो रात नै दुलहा र दुलहीलाई हृदयघात भएको थियो । दुबैको शव हनिमुनको ओछ्यानमा लडिरहेको अवस्थामा फेला परेको थियो । दुवैको एउटै चितामा दाहसंस्कार गरिएको छ । 

 

हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार मे ३० मा २४ वर्षीय प्रताप यादवको २२ वर्षीया पुष्पा यादवसँग विवाह भएको थियो । मे ३१ गते बेलुका बेहुला लिएर घर फर्किए । विवाहपछिका सबै संस्कार पूरा गरी साेही रात दुवै कोठामा सुत्न गए । भोलिपल्ट बिहान दुवै हनिमुनको ओछ्यानमा मृत फेला परेका थिए ।

 

रिपोर्टमा भनिएको छ कि उनको मृत्युको कारण पत्ता लगाउन फरेन्सिक विशेषज्ञहरूको टोलीलाई कोठाको जाँच गर्न बोलाइएको थियो।

 

कैसरगञ्ज प्रहरी स्टेशनका इन्स्पेक्टर राजनाथ सिंहले भने, ‘कोठामा जबरजस्ती प्रवेश गरेको वा दम्पतीको शरीरमा चोटपटकको कुनै चिन्ह थिएन, जसले उनीहरूको मृत्युमा कुनै अपराधलाई संकेत गर्छ।’ 

 

यसैबीच हृदयघातको पोष्टमार्टम रिपोर्टको नतिजाले भने धेरैलाई आश्चर्यमा पारेको थियो । 

 

मृत्युको कारण पत्ता लगाउन फरेन्सिक विज्ञको टोलीले कोठा र परिस्थितिको थप जाँच गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope