केपिलासगढी गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा 


न्युज कारखाना 

खोटाङ, २४ जेठ 

खोटाङको केपिलासगढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । दुई वर्षमुनिका सबै बालबच्चाले सबै किसिमका रोगविरुद्धको खोप पाएको सुनिश्चित भएपछि गाउँपालिकालाई मंगलबार पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेका हुन् । जिल्ला समन्वय समितिका प्रमुख राईले गाउँपालिका अध्यक्ष समिर राईलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेका छन् । 

केपिलासगढीका एक वर्षभित्र जन्मेदेखि १५ महिनासम्मको २३४ जना र १६ महिनादेखि २३ महिनासम्मको ११० बालबालिकालाई नेपाल सरकारले निःशुल्क प्रदान गर्ने १३ प्रकारका खोप लगाइदिएसँगै पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्ने बाटो खुलेको हो । गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्न योगदान पुर्‍याउने स्वयंसेविकालाई कार्यक्रममा सम्मान गरिएको छ । यस्तै, आगामी वर्ष सबै बालबालिकालाई खोपको मात्रा पूरा गर्ने र कसैलाई खोपबाट नछुटाउने प्रतिबद्धता–पत्रमा हस्ताक्षर गरिएको छ । 

खोटाङका १० स्थानीय तहमध्ये हालसम्म रावाबेँसी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र बराहपोखरी गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिसकिएको छ । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope