रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान
विशाल बस्नेत
महोत्तरी, २४ जेठ । रेडक्रस सोसाइटी बर्दिबासले सर्पदंश उपचार केन्द्र बर्दिबासलाई करिब १४ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री उपचार प्रदान गरेको छ ।
गर्मीसँगै सर्पको प्रकोप बढेका बेला रेडक्रसले औषधि राख्न फ्रीज, बिरामीलाई अन्यत्र लैजाँदा प्रयोग गर्न मिल्ने भेन्टिलेटरसहितका स्वास्थ्य सामाग्री केन्द्रलाई हस्तान्तरण गरेको रेडक्रस बर्दिबासका सभापति सुदिप कार्कीले जानकारी दिए ।
उक्त उपचार केन्द्रमा मधेश प्रदेशसहित बागमती प्रदेशका सिन्धुली, रामेछाप र दोलाखाबाट समेत सर्पदंशमा बिरामी उपचाका लागि आउने सभापति कार्कीले बताए ।
दुई हप्तादेखि बढेको अत्याधिक गर्मीले सर्पदंश उपचार केन्द्रहरु भरिभराउ हुन थालेका छन । संख्यात्मक हिसाबले समेत मधेशमा नै चारवटा मात्र उपचार केन्द्र छन् ।
बैसाखयता २९ जना सर्पदंशका बिरामीको उपचार गरिएको उक्त उपचार केन्द्रका इन्चार्ज उत्तम कटुवालले जानकारी दिए ।
त्यसमध्ये सिन्धुली दुधौली घर भएका दुईजना बालबालिकाको उपचार गर्न ढिलो ल्याइपु¥याउँदा बाटोमा नै मृत्यु भएको थियो भने महोत्तरी रामनगरका एक बालिकाको जनसेवा अस्पतालमा राखेर उपचार भैरहेको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस