कर्णाली प्रदेशको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार र सुशासन प्राथमिकतामा
सुर्खेत, २५ जेठ
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको छ । बिहीबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राजकुमार शर्माले नीति तथा कार्यक्रम पारित गरियोस् भनेर राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।
सभामुख नन्दा गुरुङ्गले मुख्यमन्त्री शर्माले पारित गरियोस् भनेर राखेको प्रस्ताव बहुमतले पारित गरिएको घोषणा गरे । जेठ २१ गते प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।
प्रदेश सरकारले नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार र सुशासनलाई प्राथमिकता दिएको छ । नीति तथा कार्यक्रम पारित हुनुअघि मुख्यमन्त्री शर्माले बैठकमा नीति तथा कार्यक्रमको छलफल माथि उठेका प्रश्नको जबाफ दिएका थिए ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस