गृहमन्त्रीले सुरक्षा दिन सक्दैनन भने एमालेको सुरक्षा एमालेले नै गर्छः योगेश भट्टराई 


काठमाडौं, २६ जेठ । कोशी प्रदेश नामकरणको आन्दोलन आफनो पार्टी प्रति लक्षित भएको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ ।

 

प्रतिनिधिसभाको् जारी बैठकमा बोल्दै एमाले सांसद योगेश भट्टराईले सरकारले सुरक्षा दिन सक्दैन भने पार्टीले आफनो सुरक्षा आफै गर्नेसमेत बताएका छन् ।  

 

‘मधेसमा एमालेलाई लखेटने भनियो, मधेसमा एमाले पहिलो पार्टी भयो, पुर्वमा एमालेलाई लखेटने भनियो, २०७० सालमा ताप्लेजुङ देखी पुर्वका धेरै ठाउँमा हाम्रै पार्टीले नै जीत हासिल गरेको छ,’ भट्टराईले भने, ‘प्रदेशको नाम के राख्ने हामी (केन्द्र) सँग मतलब छैन, त्यो प्रदेशको कुरा हो, कसैलाई नाममा आपत्ति भए दुई तिहाई ल्याएर परिवर्तन गरे भईहाल्छ तर पहिचानको नाममा एमाले माथी आक्रमण भईरहेको छ, यो सैहय छैन ।’ 

 

सताधारी पहिचानबादीहरुले एमालेका नेताहरुलाई मात्र आक्रमण गरेको जनाउँदै सरकारले सुरक्षा दिन सक्दैन भने आफै आफनो सुरक्षा गर्ने पनि उनले बताएका छन् । ‘कहिले हाम्रो अध्यक्ष माथी हमला हुन्छ, कहिले मुख्यमन्त्री माथी हमला हुन्छ, सरकारी कार्यालयको साइन बोर्ड फ्याँकिएका छन्, यी सब सत्तारुढ दलका प्रतिनिधिहरुले गरिरहेका छन, हामी भिडियो भने भिडियो, फोटो भने फोटो देखाउन तयार छौं,’ उनले अगाडी भने, ‘तर, यदी गृहमन्त्रीले सुरक्षा दिन सक्दैनन भने एमालेको सुरक्षा एमाले अाफैले  गर्छ ।'


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope