शाहिदको ओटीटी पारिश्रमिक ४० करोड


मुम्बई, २६ जेठ । प्राइम भिडियोको राज एण्ड डीके निर्देशित फिल्म ‘फर्जी’बाट ओटीटी प्लेटफर्ममा पाइला चालेका अभिनेता शाहिद कपूर चाँडै नै अर्को फिल्म ‘ब्लडी ड्याडी’ मा देखिँदैछन् । यो फिल्ममा उनी फरक अवतारमा देखिँदैछन् । अली अब्बास जफर निर्देशित फिल्म जुन ९ मा जियो सिनेमामा रिलिज हुँदैछ ।

 

शाहिदले यो फिल्मका लागि ४० करोड पारिश्रमिक लिएका छन् । ‘वर्तमान अनिश्चित परिदृश्यमा कुन फिल्म हिट र कुन फिल्म फ्लप भन्ने टुंगो छैन । यो अवस्थामा उनले ब्लडी ड्याडीका लागि ४० करोड पारिश्रमिक लिएका छन् । महामारी पछिको कठिन अवस्थामा अधिकांश कलाकारले पारिश्रमिक घटाइरहँदा शाहिदको ब्राण्ड भ्यालु भने स्थिर नै छ’, फिल्म निकट स्रोतले भनेको छ ।

 

जियो सिनेमाले यो फिल्म निर्माणका लागि धेरै रकम खर्च गरेको छ । यो फिल्म हिन्दी फिल्मको इतिहासमा दुर्लभ शैलीको भएकाले पनि निर्माताले लगानीमा कन्जुस्याई गरेका छैनन् । पारम्परिक हिन्दी फिल्मको तुलनामा यो फिल्मको लुक्स र अनुभव, एक्सन सिक्वेन्स, भिजुअल र कथा अनौठो छ । पारिश्रमिकका विषयमा शाहिदले मुख खोलेका छैनन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope