१३ वर्षमै यौन दुव्र्यवहार भोगेकी सोनम


मुम्बई, २६ जेठ । अभिनेत्री सोनम कपुर बलिउडकै सबैभन्दा स्टाइलिस्ट अभिनेत्रीमा पर्छिन् ।  अनिल कपुरकी छोरी सोनम निकै बिलासी जीवन बिताउँछिन् ।

 

सायद कमैलाई थाहा होला कि सोनमले १३ वर्षको उमेरमै यौन दुव्यर्वहार भोगेकी थिइन् । यो घटनाबाट उनी यति डराएकी थिइन् कि उनले आफूले नै गल्ती गरेको महशुस गरिन् । घटनाबारे उनले कसैलाई सुनाइनन् । यो कुराका खुलासा उनले हालै एक अन्तरवार्तामा गरेकी हुन् ।

 

‘जोकोही पनि बाल्यकालमा कहिले न कहिले यौन दुव्यर्वहारको शिकार हुन्छ । मलाई थाहा छ कि मैले पनि दुव्यर्ववहार भोगेकी थिएँ । त्यो मेरा लागि ठूलो चोट थियो । यो बारेमा मैले दुई तीन वर्षसम्म कसैलाई बताइनँ । मलाई त्यो घटना अहिलेसम्म सम्झना छ’, उनले भनेकी छन् । सोनमका अनुसारा यो घटना मुम्बईको गाइट ग्यालेक्सी थिएटरमा भएको थियो । जहाँ उनी आफ्ना साथीहरुका साथ फिल्म हेर्न गएकी थिइन् ।

 

‘सबै मानिसहरु केही खानेकुरा किन्न बाहिर गएका थिए । त्यही बेला एक मानिस पछािडबाट आएर मेरो छाती थिच्यो । त्यो बेला म सानी थिएँ, मेरो आकृति थिएन । मेरो छाती थिचेपछि म कामें । मलाई थाहा थिएन कि यो के भइरहेको छ । त्यसपछि म भित्र गएर पुरै फिल्म हेरें । त्यो बेला मैले नै केही गल्ती गरेर यस्तो हो कि भन्ने भयो’, उनले भनेकी छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope