लमजुङका १० वटा सडकलाई १० करोड ९२ लाख बजेट


न्युज कारखाना 

लमजुङ, २६ जेठ 

आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट लमजुङमा १० वटा सडकले बजेट पाउने भएका छन् । जिल्लाका विभिन्न स्थानीय तहहरुका सडक स्तरोन्नतीका लागि समपुरक एवं विशेष अनुदान अन्तर्गत १० वटा सडकका लागि बजेट विनियोजन भएको हो ।

सडक योजना अन्तर्गत बेसीशहर, दोर्दी र दुधपोखरीका दुईवटा सडक परेका छन् । सो बाहेक मध्यनेपाल, राईनास, सुन्दरवजार र मस्र्याङदीका एक–एकवटा सडक परेका छन् । जिल्लाको क्होलासोँथार गाउँपालिकाको लागि भने एउटै सडकका लागि पनि बजेट विनियोजन भएको छैन ।  

सडक स्तरोन्नती योजना अन्तर्गत बेसीशहरस्थित धुरपुरे–दुईथोक–विम्दा–वाख्रेजगत सडक स्तरोन्नतीका लागि आगामी आर्थिक वर्षमा एक करोड २५ लाख रुपैया आउने भएको छ । सो सडक बहुवर्षिय योजना अन्तर्गत १० करोड रुपैया विनियोजन भएको भएको छ । त्यसैगरी बेसीशहरकै उदिपुर–नयाँगाँउ सडक स्तरोन्नतीका लागि एक करोड १५ लाख रुपैया विनियोजन भएको छ । सो सडक पनि बहुबर्षिय योजना अन्तर्गत आठ करोड ७२ लाख रुपैया विनियोजन भएको सडक हो ।

आगामी आर्थिक वर्षमा मध्यनेपाल नगरपालिका अन्तर्गत भोर्लेटार, वांग्रे, नेटा मालिका मन्दिर सडकका लागि ५० लाख रुपैया विनियोजन भएको छ । सो सडक पनि बहुबर्षिया योजना अन्तर्गत पाँच करोड रुपैया विनियोजन भएको सडक हो । 

आगामी आर्थिक वर्षमा राईनास नगरपालिका अन्तर्गत वगरगाँऊ–टुँडावगर–सडक र उपल्लोफाँट–ठुलोवगैंचा – पाडेवेशी – जुडिखेत सडकका लागि ८० लाख रुपैया विनियोजन भएको छ । बहुबर्षिया योजनामा रहेको सो सडकका लागि १० करोड विनियोजन भएको छ । त्यसैगरी सुन्दरवजार नगरपालिका अन्तर्गत भारती सदन लिंगे डाँडा हुँदै रामदी पेट्रोल पम्प मोटर बाटो स्तरोन्नतीका लागि पनि ८० लाख रुपैया विनियोजन भएको छ । 

दुधपोखरी गाउँपालिका अन्तर्गत लामागाँऊ–जोर्ने–सामघडेरी सडक स्तरोन्नतीका लागि एक करोड ३० लाख रुपैया विनियोजन भएको छ । बहुबर्षिय योजना अन्तर्गत सो सडकका लागि नौ करोड रुपैया विनियोजन भएको थियो । दुधपोखरीकै प्यारजुंङ्ग–पात्ले सडक स्तरोन्नतीका लागि पनि एक करोड ३० लाख रुपैया विनियोजन भएको छ । बहुबर्षिया योजनामा रहेको सो सडकका लागि पनि नौ करोड बजेट विनियोजन भएको छ । 

यस्तै मस्र्याङदी गाउँपालिका अन्तर्गत खुदी–सिउरुङ–स्यांगे सडक स्तरोन्नतीका लागि भने  एक करोड ५२ लाख रुपैयाँ विनियोजन भएको छ । 

त्यसैगरी दोर्दी गाउँपालिका अन्तर्गत नौथर–शेरा–तांजे सडक स्तरोन्नतीका लागि एक करोड १५ लाख रुपैया विनियोजन भएको छ । दोर्दी अन्तर्गतकै ठाँटी–पिपल भञ्ज्याङ्ग – सल्लावाट मोटरवाटो निर्माणका लागि पनि एक करोड १५ लाख रुपैया विनियोजन भएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope