मिटर ब्याँज पीडितसँग गृहमन्त्रीले भने, ‘प्रहरीले दुःख दिएको छ, मलाई भन्नुहोस्’

विशाल बस्नेत/ न्युज कारखाना
२६ जेठ, महोत्तरी । मन्त्री वनेर झण्डा हल्लाउने मात्रका कारण काम नभएको उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वताएका छन ।
पद भनेको जिम्मेवारी मात्र भएको र उक्त जिम्मेवारीमा इमान्दारिताका साथ नलाग्दा जन्ताको काम नभएको गृहमन्त्री श्रेष्ठको तर्क छ ।
महोत्तरीको रामगोपालपुरमा नवनिर्मित वडा भवनको उदघाटन गर्दै गृहमन्त्री श्रेष्ठले जन्ताको समस्यामा नेता समेत इमान्दारी नभएको आरोप लगाए । कुरा गर्ने दिनको अन्त्य भएको वताउदै जन्तालाइ जनप्रतिनिधि र नेताहरुले काम गरेर नतिजा देखाउने समय आएकोप्रती सजग गराए ।
मिटरव्याज पिडितहरुको समस्यालाइ सरकारले प्रमुखताका साथ लिइरहेको वताउदै गृहमन्त्री श्रेष्ठले भने : ` काइते कुरा गरेर कुनैपनी प्रहरिले पिडितलाई थप पिडा दिएको छ भने हामीलाइ उजुरी दिनुस हामी कारवाही गर्न तयार छौ ।´ मिटरव्याज पिडितको लागी जनप्रतिनिधिहरुले एजेन्डा वनाउन नसकेकोप्रती पनि गृहमन्त्री श्रेष्ठले गुनासो गरे ।
गृहमन्त्री श्रेष्ठले मधेशमा आउदा राष्ट्रिय एकताको झल्को आउने गरेको पनि अनुभव सुनाए । उन्ले भने – `मधेशका श्रमिकहरुले जहिलेपनी राष्ट्रिय स्वाधिन्ता र राष्ट्रिय एकताको लागी आवाज उठाउने गर्दछन ।´
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस