पेट्रोलियम पदार्थ कालोबजारी गर्नेलाई सिन्धुपाल्चोक प्रशासनको चेतावनी


सम्झना कार्की

सिन्धुपाल्चोक, ३१ जेठ

संयुक्त बजार अनुगमन टोलीले सिन्धुपाल्चोकका व्यवसायीहरूलाई पेट्रोलियम पदार्थ कालोबजारी गर्नेलाई  चेतावनी दिएको छ । पेट्रोलियम पदार्थमा कालोबजारी बढेको जनगुनासो बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बुधबार शंकास्पद ठाउँमा छापा मारेको हो । 

छापा मार्ने क्रममा चौतारा साँगाचोकगढी वडा नम्बर ५ स्थित एक इलेक्ट्रोनिक्स पसलमा बेच्नका लागि राखिएको पेट्रोल बरामद गरेको उक्त टोलीले जनाएको छ । सो इलेक्ट्रोनिक पसललाई आईन्दा पेट्रोलियम पदार्थ बेचबिखन नगर्ने र गरिएको पाएमा सजाय भोग्न तयार छु भन्ने कागजातसमेत गराइ चेतावनी दिएको सहायक प्रमुख अधिकारी निराजन श्रेष्ठले बताए ।  

 सोही चौतारा बजारको संकास्पद विभिन्न ६ पसलमा चर्को मूल्य अशुल्दै पेट्रोलियम पदार्थ बेच्दै आएको उजुरी परेपछि क्रेताको रुपमा साधा पोशाकका प्रहरी परिचालन गरेर प्राप्त रिपोर्ट अनुसार केही पसलमा छापा मारेको हो । 

प्रमुख अधिकारी श्रेष्ठले भन्नुभयो ,‘ पहिलो पटकलाई नसियत दिएर छाडिदियौँ , अर्कोपटक दोषीमाथि सिधै कारबाही गछौँ । पेट्रोलियम पदार्थको कालो बजारी गर्दै बेचबिखन गर्नेलाई कम्तिमा दुई लाख पचास हजारदेखि ३ लाखसम्मको जरिवाना गर्ने गराउने ऐनमा व्यवस्था छ त्यसैले इजाजत प्राप्त व्यवसायीले बाहेक अरुले बेचबिखन नगर्न सचेत गराएका छौँ । यो अनुगमन निरन्तर रहन्छ ।’ 

चौतारामा मात्र हैन जिल्लाका ग्रामीण र बजारी सबै क्षेत्रमा सबैभन्दा बढी बोतलमा भरेर पेट्रोल बिक्री गर्ने गरिएको छ। पेट्रोलियम पदार्थ बोतलमा भरेर बेच्नु कानुनी हिसाबले पनि गलत रहेको सहायक प्रजिअ श्रेष्ठको भनाई छ  ।  आफूहरुले अनुगमनको क्रममा बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्रीवितरण गर्ने गरेको फेला पारेकोले यस्तो काम नर्गन  र उपभोक्ता हित विपरित नजान यस्ता कार्य तत्काल बन्द गर्न सम्बन्धित व्यवसायीलाई सचेत गराएको सहायक प्रजिअ श्रेष्ठले बताए । 

प्रतिलिटर पेट्रोलको २५० सम्म ब्यापारीहरुले अशुल्दै आएको पाईएको छ । बोतल लगाएतका भाडामा भरेर पेट्रोलियम पदार्थ बिक्री वितरण गदै आएका छन् । जिल्लाका सबै क्षेत्रमा यो अभियान निरन्तर सञ्चालन हुने बजार अनुगमन साथै अवैध क्रियाकलापको सूक्ष्म अध्ययन गरिरहेको हुनाले अनुगमनको क्रममा त्यस्तो भए गरेको पाइएमा कडाभन्दा कडा सजाय गर्ने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्याम श्रेष्ठले बताएयो । 

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख अधिकारी निराजन श्रेष्ठ, प्रशासकीय अधिकृत श्याम श्रेष्ठ, घरेलु कार्यालयका प्रमुख विश्वनाथ काफ्ले उपभोक्ता समिती र प्रहरीको संयुक्त टोलीले जिल्ला सदरमुकाम चौताराको विभिन्न पसलमा अनुगमन गरेको हो ।
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope