हलेसी तुवाचुङमा इएमटीसहितको एम्बुलेन्स सेवा सुरु


खोटाङ, १ असार । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले राष्ट्रिय एम्बूलेन्स निर्देशिका २०७८ बमोजिम ‘ख’ वर्गको एम्बुलेन्स सेवा सुरु गरेको छ । नगरभित्रका नागरिकलाई सहज तरिकाले स्वास्थ्य सँस्थासम्म पुर्‍याउन र ल्याउनका लागि नगरपालिकाले निर्देशिकाले तोके बमोजिमको एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

 

संघ र प्रदेश स्वास्थ्य मन्त्रालयले जिपिएस जडान गरेको एम्बुलेन्समा अनिवार्य एकजना इमरजेन्सी मेडिकल टेक्नेसियन रहने व्यवस्था मिलाइएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले बताए ।

 

एम्बुलेन्स निर्देशिका बमोजिमको एम्बुलेन्समा आवश्यक उपकरण, अक्सिजन, औषधिसहितको इमरजेन्सी मेडिकल टेक्नेसियनको व्यवस्था गरिएको छ । इमरजेन्सी मेडिकल टेक्नेसियनको निगरानीमा बिरामीलाई अस्पताल लैजाने सुविधा सहितको एम्बुलेन्स सेवा सुरु गरिएको नगरपालिकाले जनाएको छ । जिल्लामा अधिकांश एम्बुलेन्स निर्देशिका बमोजिमका छैनन् ।

 

अन्य बिरामीलाई शुल्क लागे पनि नगरभरीका गर्भवती र सुत्केरीलाई रेफरर अस्पतालसम्म निःशुल्क पुर्‍याउने व्यवस्था मिलाइएको छ । नगरका ११ वडामा रहेको बर्थिङ सेन्टरमा लगेको अवस्थामा रेफर भएका गर्भवती र सुत्केरीलाई रेफरर अस्पतालसम्म निःशुल्क लैजाने व्यवस्था मिलाइएको हो ।

 

संरक्षक बिहिन नगरवासी र अन्यत्रबाट आएर नगरमा अलपत्र परेका व्यक्तिलाई समेत एम्बुलेन्समार्फत निःशुल्क नगर अस्पताल वा जिल्ला अस्पताल लगिने स्वास्थ्य शाखा संयोजक घिमिरेले बताए । त्रि–धार्मिकस्थल हलेसीमा एक्लै आएकोबेला बिरामी परेका व्यक्तिलाई समेत निःशुल्क एम्बुलेन्स सेवा लक्षित गरिएको हो । २७ जेठदेखि सञ्चालनमा ल्याइएको एम्बुलेन्सबाट एक सुत्केरीसहित चारजनाले सेवा लिइसकेका छन् । 

 

बाढी, पहिरो, दुर्घट्ना जस्ता विपत्तीको समयमा समेत प्रयोग गर्नेगरी एम्बुलेन्समा मन्त्रालयको जिपिएस ट्रयाकिङ सिस्टम राखिएको हो । जिपिएस ट्रयाकिङबाट एम्बूलेन्स रहेको स्थानबारे थाहा हुने र विपत्तीका बेला नजिक पर्ने स्थानमा पठाएर उपयोग गर्न मिल्नेगरी जिपिएस ट्रयाकिङ सिस्टम राखिएको हो । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope