समाजवादी मोर्चाको घोषणा असार ४ गते


चितवन, २ असार । समाजवादी मोर्चाको घोषणा असार ४ गते हुने भएको छ ।

 

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले आज असार ४ गते मोर्चाको घोषणा हुन लागेको जानकारी दिएका हुन ।

उनका अनुसार असार १ गते घोषणा गर्ने भनिए पनि प्रावधिक कारण हुन रोकिन पुगेको सरकारमा र सरकार बाहिर रहेका कम्युनिष्ट पार्टी आबद्ध मोर्चाको घोषणा असार ४ गते हुनेछ ।

 

चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले त्यसलाई मुर्त रुप दिनका लागि छलफललाई तिब्रता दिईएको उनको भनाई छ । 

 

‘देशको राजनीतिक अस्थिरता रोक्नका लागि मोर्चा गठन गर्न लागिएको हो,’ उनले भने, ‘सरकारमा रहेका र बाहिर रहेका कम्युनिष्ट पार्टीबीच भएका छलफल टुङ्गिसकेको छ, अब केही प्राविधिक समस्या हल हुने बित्तिकै घोषणा हुुनेछ ।’ 

 
उनका अनुसार सरकारमा देखिएको अस्थिरता रोक्नका लागि मोर्चा गठनको पहल एक वर्षअघिदेखि नै सुरु भए पनि अब मुर्त रुप लिन लागेको हो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope