अपाङ्गमैत्री संरचना नबन्दा सास्ती


सम्झना कार्की

सिन्धुपाल्चोक, ३ असार ।  सेवाग्राहीको बढी चाप हुने जिल्ला प्रशासन कार्यालय चौताराको भवन अपाङ्गतामैत्री छैनन् । राष्ट्रिय परिचयपत्र, नागरिकता र राहदानी जस्ता महत्वपूर्ण कागजात बनाउँनका लागि यहाँ दैनिक सयौंको संख्यामा भीड लाग्ने गर्दछ । तर भवनको संरचना अपाङ्तामैत्री नहुँदा भने अपाङ्ता भएकाहरुले सास्ती झेल्दै आएका छन् ।

 

तात्कालीन समयमा अपाङ्तामैत्री संरचना निर्माणको मुद्दा सशक्तरुपमा नउठेको र डिजाइनमा पनि अपाङ्गतामैत्री संरचना नभएको  कारण भवनको संरचना अपाङ्गतामैत्री नभएको प्रशासनले जनाएको छ । यद्यपी माथिल्लो तल्लामा जानका लागि दुईवटा ठूला सिँढी  सो भवनमा रहेको छ । ती सिँढी मध्य एउटाको संरचना अपाङ्गतामैत्री बनाउन सकिनेतर्फ भने प्रशासन कार्यालयको ध्यान जान सकेको छैन ।

 

सदमुकाम चौतारामा नै रहेको चौतारा साँगाचोकगढी नगरपालिकाको आलिशान महल पनि अपाङ्गमैत्री छैन । मेयर, उपमेयर, प्रशासकीय अधिकृत, लेखा शाखा, शिक्षा, स्वास्थ्य, रोजगार, योजना जस्ता महत्वपूर्ण शाखाहरु दोस्रो र तेस्रो तल्लोमा रहेका कारण अपाङ्ता भएका सेवाग्राहीहरुलाई कुनै पनि सेवा लिन कुनै आरोहीले सगरमाथा छिचोलेको भन्दा बढी सास्ती हुँदै आएको छ । भूकम्पपछि बनेको यो भवनको संरचना अपाङ्गमैत्री नबन्नु दुर्भाग्य भएको बौद्धिक अपाङ्ताका अभिभावक संघ, सिन्धुपाल्चोककी अध्यक्ष जानकी श्रेष्ठले बताइन् ।

 

त्यसो त खासगरि केही बर्षयताबाट नवनिर्मित भौतिक संरचना र पूर्वाधारहरु अपाङ्गमैत्री हुनुपर्छ भन्दै अपाङ्ताका क्षेत्रसँग सम्वन्धित सरोकारवाला निकाय र संघसंस्थाहरुले मुद्दा उठान गर्दै आइरहेका छन् तर पछिल्लो समय निर्मित अधिकाँश संरचना भने अपाङ्गमैत्री बनेका भने छैनन् । 

२०७२ साल बैशाख १२ गतेको भूकम्पमा सिन्धुपाल्चोकका अधिकाँश भौतिक संरचनाहरु ध्वस्त भएका थिए । ती मध्य अधिकाँश संरचनाहरु विद्यालय, स्वास्थ्यचौकी, सरकारी कार्यालयहरु पुनर्निर्माण भइसकेको छ ।  

 

नवनिर्मित ती संरचनाहरु पनि अधिकाँश अपाङ्गमैत्री  छैनन् । पछिल्लोपटक १२ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा अधिकाँश स्थानीयतह र वडाले पनि आफ्नो प्रशासकीय भवन निर्माण गरिसकेका छन् । निर्माण गरिसकेका ती भवन पनि अपाङ्ग मैत्री बनेका छैनन् ।अपाङ्गमैत्री भौतिक संरचना निर्माणमा सरकारी उदासिनताले अपाङ्ताका भएकाहरुले झन बढी सास्ती झेल्नु परेको जिल्ला अपाङ्ताका समन्वय समितिका केशव अधिकारी बताउँछन् ।

 

आफै पनि स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकमा कार्यरत अधिकारी आफूले कार्य गरेको स्वास्थ्य संस्था मात्र हैन जिल्लाका अधिकाँश भौतिक संरचनाहरु अपाङ्गतामैत्री नहुँदा रुष्ट छन् । उनले अपाङ्गतामैत्री भौतिक संरचना निर्माणका लागि सरकारलाई गम्भीर ध्यानाकर्षण पनि गरे ।
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope