कोशी सरकार र पहिचानवादी बिच बार्ता सुरू
विराटनगर, ४ असार । कोशी सरकार र आन्दोलनरत पहिचानवादी बिचको बार्ता सुरु भएको छ ।
बिराटनगरस्थित बिग होटलमा डेढ घन्टा ढिलो गरी बार्ता सुरु भएको हो ।
सो बार्तामा सरकारकोतर्फवाट संयोजक खानेपानी मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी उपस्थित छन भने आन्दोलनरत पक्षको तर्फबाट गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङलगायत सहभागी रहेका छन् ।
गत फागुन १७ मा बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम ‘कोशी’ राखे पछि सो नामकरणविरुद्ध आन्दोलन शुरु भएको थियो, जुन आन्दोलनमा एकजनाको मृत्युसमेत भएको थियो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस