बालेन शाहको एक्सनले १३ हजार बिद्यार्थीलाई निःशुल्क छात्राबृति


काठमाडौं, ६ असार । काठमाडौं महानगरपालिकाका १३ हजार बिद्यार्थीले निःशुल्क छात्राबृति पाएका छन् । 

 

काठमाडौंका मेयर बालेन शाहले छात्राबृति नदिने महानगरपालिका भित्रका बिद्यालयलाई कारबाही गर्ने चेतावन पछि उक्त संख्यामा बिद्यार्थीले छात्राबृति पाएका हुन् ।

काठमाडौं महानगरका अनुसार पाँच सय चारमध्ये चार सय ६५ निजी विद्यालयले छात्रवृत्ति विवरण बुझाउँदा छात्राबृति पाउने उक्त संख्या खुलेको हो ।   

 

यस अघि विद्यालयहरूले छात्राबृति विवरण नबुझाउँदा लक्षित वर्गका विद्यार्थीले कानुनले तोकेको छात्रवृत्तिसम्बन्धी सुविधा प्राप्त गरे–नगरेको भन्न कठिन भए पछि महानगरले यसपाली कडाई गरेर सुची पठाउन निर्देशन दिएको थियो । जसअनुसार १३

हजारभन्दा बढी विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका मेयर साहले बिद्यालयले पठाएका विवरणमाथि छानबिन गरी सत्य हो वा होइन निरीक्षण गरी थप सम्पुर्ण विवरण सार्वजनिक गर्ने जनाएका छन् ।

 

‘हालसम्म विवरण नपठाएका विद्यालयलाई एक लाख रुपैयाँसम्म जरिवाना तिराएर थप एकपटक विवरण बुझाउने मौका दिइनेछ ,’ उनले सो बिवरण प्राप्त गरे पछि सार्वजनिक रुपमा भनेका छन् । 
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope